काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसँग विश्वासको मत मागेका छन् ।
प्रधानमन्त्री देउवाले आज एक पत्र पठाउँदै विश्वासको मत दिनको लागि आग्रह गरेका हुन् ।
प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकोले सो प्रस्तावमा यहाँ र यहाँ सम्बद्ध माननीय सदस्यहरूको तर्फबाट गर्न गराई दिनुहुन हार्दिक अनुरोध गर्दछु ।’ देउवाले लेखेको पत्रमा भनिएको छ ।
यद्यपी शनिवार बसेको महन्थ ठाकुर पक्षको संसदीय दलको बैठकले देउवा नेतृत्वको सरकारलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया