ज्ञवाली भन्छन्- ‘नेपाल एक्लै भएपनि सरकारलाई विश्वासको मत दिने पक्षमा देखिनुभयो’

लोकपथ
560
Shares

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने पक्षमा देखिएका छन् ।

आज बसेको एमाले स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपाल एक्लै भएपनि देउवालाई विश्वासको मत दिने पक्षमा देखिएको जानकारी दिए ।

आज सो विषयमा विघटित कार्यदलका सदस्यहरुले नेपालसँग भेटघाट गर्दा नेपालले देउवालाई सघाएर अघि जाने अडानबाट बाहिर नस्किन नसकेको बताए ।

“बिहान हामीले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटघाट गरेका थियौँ । जसमध्ये पार्टी एकताको लागि पहल गर्ने र पार्टी एकताको रक्षा गर्ने निरन्तर प्रयास थियो छ । तर माधवकुमार नेपालले आफूले एक्लै भएपनि या एउटा बिन्दुमा पुगिसकेको भएकाले विश्वसाको मत हाल्ने निर्णय गर्नुभयो । उहाँको तर्फबाट कार्यदलका सदस्यहरुले त्यस्तो गर्न नहुने बताउनुभएको थियो ।” उनले भने ।

त्यसैगरी आज बसेको स्थायी कमिटीको बैठकले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको बताए ।

बैठकपछि प्रवक्ता ज्ञवालीले भने- “जनमत र जनाधारबाट नआएको हुनाले हामीले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेका हौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?