मादक पदार्थ सेवन गरि प्रहरीमाथि हातपात गर्ने एक जना पक्राउ

लोकपथ
238
Shares

काठमाडौं । भक्तपुरमा प्रहरीलाई हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

सूर्यबिनायक नगरपालिका-८ जगातीमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा भक्तपुर जगाती बस्ने २७ वर्षीय राजन कवाङलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई मादक पदार्थ सेवन गरि आएका राजनले सोधपुछको क्रममा हातपात गरेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?