खैरो हेरोइनसहित दुई जना पक्राउ

लोकपथ
28
Shares

दाङ । दाङको अमिलियाबाट प्रहरीले ११० ग्राम खैरो हेरोइनसहित बाँकेका दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका–१ निवासी ३० वर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका–३ मुक्तिनगर निवासी ३६ वर्षीय राजा योगी रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेश काफ्लेले गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लमही नगरपालिका–९ अमिलियाबाट ठूलो मात्रामा लागुऔषध खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?