आफ्नै घरको भर्‍याङ्गमुनी दिलकुमारी मृत फेला

लोकपथ
434
Shares

काठमाडौं । शनिवार बिहानै पाल्पाको निस्दी गाउँपालिका वडा नम्वर–४ छापडाँडामा हल्ला खल भयो ।

कारण सोही गाउँपालिकाकी अन्दाजी ५१ वर्षीया महिला दिलकुमारी सुनारी आफ्नै घरको भर्‍याङ्गमुनी मृत अवस्थामा फेला परेकी थिइन् ।

स्थानीयहरुले शव देखेपछि ततकाल प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

“स्थानीयहरुले बिहानै शव भेटिएको खबर गर्नुभयो । हाम्रो प्रहरी निरीक्षको टोली घटनास्थलमा पुगिसकेका छन् ।” जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले लोकपथलाई जानकारी दिए ।

“८ फिट अग्लो भर्‍याङ्गबाट लडेर उनको मृत्यु भएको भनिएको छ हाम्रो टोलीले यसबारे अनुसन्धान गर्दै छ ।” डीएसपी त्वातीले थपे ।

दिलकुमारी सुनारी एक्ले उक्त घरमा बस्दै आइरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?