बैंकिङ कसुरका फरार दोषी पक्राउ

लोकपथ
259
Shares

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बैंकिङ कसुरका फरार दोषीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका – ११ का ५१ वर्षीय भरत खनाल रहेका छन् ।

कार्यालयका अनुसार उनलाई विषेश अदालत पाटनले २०७७ साल फागुन ३ गते बैंकिङ कसुरमा २२ लाख रुपैयाँ जरिवाना र आठ दिन कैद तोकेको थियो । जरिवाना तोकिएका खनाल फरारको सूचीमा रहेका थिए । उनलाई आज दिउँसो भरतपुर महानगरपालिका–९ शरदपुरबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । थापाका अनुसार पक्राउ परेका उनलाई आजै जिल्ला अदालत चितवनमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?