कैलालीमा लागु औषधसहित दुईजना पक्राउ

लोकपथ
28
Shares

धनगढी । कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–७ का ३६ वर्षीय लोकेन्द्र साउद र २८ वर्षीय धनबहादुर सुनार रहेका छन् ।

लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरु दुवै जनालाई टीकापुर नगरपालिका-६ को नारायणपुर शिबिरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए।

उनका अनुसार उनीहरुको साथबाट १४.९७ ग्राम खैरो हिरोइन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?