काठमाडौं । संसारमा पानीको संकट बढ्दै जाँदा पानीको लागी युद्ध हुने स्थिति आउन थालेको छ ।
इजिप्ट र इथियोपियाबीच पानीको विषयमा तनाव उत्पन्न भएको छ । दुवै देशले यसैका लागि सेनालाई तयारी अवस्थामा राखेका छन् । पहिलेदेखि तनाव रहेकोमा पछिल्ला केही दिनमा इथियोपियाले ग्रान्ड इथियोपियन रेनेसाँ ड्याम भर्ने दोस्रो चरणको काम शुरू गरेपछि चर्काचर्की परेको थियो ।
यो बाँध भरिएमा इजिप्टलाई पानीको संकट आइलाग्ने बताइएको छ ।
नाइल नदीको मुख्य सहायक नदीमा इथियोपियाले विशाल बाँध बनाएपछि क्षेत्रीय विवाद समाधानका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले जुलाई ८ मा महत्त्वपूर्ण बैठक बोलाएको थियो ।
इथियोपियाले यो परियोजना आफ्नो लागि एकदमै महत्त्वपूर्ण रहेको बताउँदै आएको छ । तर इथियोपियाले बाँध बनाउँदा इजिप्ट र सुडानका नागरिकलाई पानीको अभाव हुने स्थिति देखिएको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया