प्रधानमन्त्री देउवासँग इजरायली राजदूतको भेटवार्ता

लोकपथ
84
Shares
sf7df8f}F, #! c;f/ . gjlgo’Qm k|wfgdGqL z]/axfb’/ b]pjf;Fu l;+xb/af/df g]kfnsf nflu Oh/fonL /fhb”t vgfg uf]8]/;Fu lzi6frf/ e]6 ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि इजरायलका राजदूत हनन गोडेरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी सम्बन्ध र कोभिड – १९ को सन्दर्भमा मिलेर काम गर्नेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले दुई देशबीचको मित्रता पुरानो भएको उल्लेख गर्दै आफ्नो नयाँ कार्यकालमा मित्रता थप प्रगाढ बनाउन दुई देशबीच आपसी सहयोग र सहकार्यका लागि आफू सदैव तयार रहेको विश्वास दिलाएका थिए । त्यस्तै राजदूत गोडेरले प्रधानमन्त्री देउवालाई इजरायल सरकारकोतर्फबाट बधाई तथा शुभकामना दिँदै द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध थप विस्तारका लागि आफ्नो सरकारको पूर्ण सहयोग र सहकार्य रहने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?