ईलाम । इलाम माङसेबुङ गाँउपालिका-४ मार्चेबुङ बस्ने ३६ बर्षीय धन बहादुर राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।
बुधवार अपरान्ह ४ बजे मार्चेबुङ वडा नम्बर-४ का वडा सदस्य समेत रहेका राई कार्यालयबाट मे ८ प ६०४ नम्बरको मोटरसाईकलमा घर तर्फ आउदै गर्दा रतुवा पुल नजिक मोटरसाईकल आफै अनियन्त्रिय भई सेतेभिरबाट अन्दाजी १०० मिटर तल झरी दुर्घटना हुदा उनी गम्भीर घाईते भएका थिए ।
टाउकोमा चोट लागी गम्भीर घाईते भएका वडा सदस्य समेत रहेका राईको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया