जन्मकैदको सजाय पाएका फरार अभियुक्त ३५ वर्षपछि पक्राउ

लोकपथ
462
Shares

जनकपुरधाम। धनुषाको औरही गाउँपालिका वडा नम्वर-१ पौडेश्वरबाट प्रहरीले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका फरार प्रतिवादी ३५ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको सवैला नगरपालिका वडा नम्बर-२ वस्ने वर्ष ७० का विकरू यादव रहेका छन् ।

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालत काठमाडौंले २०४३ चैत २७ गतेमा यादवलाई जन्म कैद (२० वर्ष) फैसला सुनाएको थियो । तर हालसम्म फरार रहेका यादवलाई बुधवार दिउँसो औरही गाउँपालिका-१ पौडेश्वर स्थित खेतमा काम गरिरहेको बेला पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत धनुषामा हाजिर गारइएको छ । अदालतले जन्मकैद (२० वर्ष) का लागि झुमका कारागार पठाउने आदेश दिएको छ ।

उनलाई कारागार तर्फ पठाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्त मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?