ललितपुरमा २२ वर्षीया युवती बलात्कृत, एक जना पक्राउ

लोकपथ
581
Shares

काठमाडौं । ललितपुरमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-३ पाटीस्थित डेरा गरी बस्ने महोत्तरी भगाह नगरपालिका-७ घर भएका ४० वर्षीय मदन कुमार सिंहथारुलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोमवार दिउँसो सिंहथारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी
प्रभाग बाँडेगाउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?