रामनारायण यादव-जनकपुरधाम। महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्वर-७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको हत्यामा संलग्न चार जनालाई प्रहरीले मंगलवार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले मंगलवार पत्ररकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेका छन् । सुजिताको हत्या तथा शव लुकाउनेमा संलग्न देवर रुपेश सहित चारजनालाई सार्वजनिक गरेको हो ।
हत्यको आरोपमा पक्राउ पर्नेहरुमा जिल्लाको लोहारपट्टी नगरपालिका वडा नम्वर ७ बस्ने भ्रमरपुराका पतिराम ठाकुरका छोरा २९ वर्षीय रुपेश ठाकुर, रामचन्द्र मण्डलका छोरा बर्ष ३७ का बण्ठा भन्ने किशोरी मण्डल, हकिम कवारीका छोरा वर्ष ३३ का मुल्ला भन्ने आदम राईन, रामचन्द्र मण्डलका छोरा वर्ष ३२ का नथुनि मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
हत्याका मुख्य योजनाकार सुजिताकै देवर रुपेश :
प्रहरीले अनुसंधानको क्रममा सुजिताकै देवर रुपेश ठाकुरले योजना बनाएर हत्या गरेका प्रहरीको अनुसंधानकोबाट पृष्टि हुन्छ । सुजिताको हत्यामा देवर रुपेशको मात्र संलग्नता देखिएको प्रवक्ता विष्टले बताए । अन्य तीनजना रुपेशको सहयोग गरी शव लुकाउनमा संलग्नता देखिएको प्रहरीले निश्कर्ष रहेको छ ।
सुजिताकी श्रीमान ३१ वर्षीय मुकेश ठाकुरको घटनामा कुनै संलग्नता नदेखिएपछि उनलाई छाडिएको छ । उनलाई सुजिताकी बुबा कामेश्वर पाण्डेलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
रुपेशले एकलै हत्या गरे, तीन जना सहयोगी मिले लुकाए शव :
प्रहरीका अनुसार सुजिताको हत्या जेठ २० गते बिहान ८ देखि ९ बजेको बिचमा नै देवर रुपेशले गरेको अनुसन्धानबाट खुलेको छ । देवर रुपेशले सुजिताको कोठा भित्र घित्रोमा मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोकाई घाटी समेत थिची हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रवक्ता विष्टले बताए ।
सुजिताको हत्या पश्चात दिनभरी शवलाई सुजिताकै सुत्ने कोठाको पलङमा छोपेर कोठा बाहिरबाट ताल्चा लगाई राखेको थियो । सोही दिन राति साढे ८ देखि ९ बजेको बिचमा आफ्नै ट्याक्टरमा सुजिताको शव राखेर घरदेखि करिब १ किलोमिटर दक्षिणमा रहेको आफ्नै खेतमा खाल्टो खनि गाडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । शव गाडेको भोलिपल्ट सो ठाउँमा पानी भरी ट्याक्टरले सम्याइ धानको बीउ छरेको थियो ।
अरुले थाहा पाउने देखेपछि जेठ २९ गते मध्यराती पुनः शव खनेर निकाली घरबाट ५ सयमिटर पूर्वतर्फको निर्माणाधिन पेट्रोलपम्पसंग जोडिएको आफ्नै चिरान मिलको गोदामको जग्गाको उत्तरतर्फको भागमा निर्माणाधिन सेफ्टि ट्याङकीमा ४ फिट गहिरो खाल्डो खनि शव पुन गाडेको थियो । शव गाडेर माथिबाट ६ ईन्च मोटो सिमेन्ट बालुवाले ढलान गरी माथिल्लो भागमा काठको गोलियाहरु राखेको थियो । पहिले शव गाडेको स्थानमा भोलीपल्ट पुनः खाल्टो वरिपरिको भागमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरेको थियो ।
जेठ २० गतेदेखि बेपत्ता भएकी सुजिताको शवको अवशेष असार १३ गते खेतमा खाल्डो खनेपछि फेला परेको थियो । खोजविनको क्रममा असार २७ गते बिहान घरबाट ५ सय मिटर पर आफ्नै काठचिरान मिलको नजिक निर्माणाधिन पेट्रोल पम्पको छेउमा शौचालयको सेफ्टी ट्यांकीमा खाल्डो खनी गाडेर माथिबाट पलास्टर गरेको अवस्थामा फेला परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया