डिशहोमको ‘खुशीको कनेक्सन’ अभियानको पूर्ण भिडियो सार्वजनिक

लोकपथ
126
Shares

काठमाडौं । डिसहोमले आफ्नोे “खुशीको कनेक्सन” अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ । डिसहोम र खुुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका देखाइएको छ ।

यी सबैका बीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिसहोमको भूमिकाका बारेमा चित्रण गरिएको छ ।

गीतमा लयबद्घ यस अभियानमा नयाँ परिवेशमा नवविवाहित जोडीबीच डिशहोम संगै कसरी सहजता र आत्मीयता बढ्दै जान्छ भनी प्रस्तुत गरिएको छ । नौ वटा स–साना भागहरुलाई एउटै भिडियोमा समायोजन गरिएको यस योजनामा डिसहोमका आश्चर्यजनक विशेषताहरु जस्तै क्यूएचडी पिक्चर क्वालिटी, पिपिभी, पिभिआर, एक्सभीओडी, डिशहोम गो एप र वेब विशेष सामग्रीहरु र ग्राहक सेवासँग लिंक गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । ।

डिशहोमका लागी विज्ञापन एजेन्सी मार्सले यस अभियानको अवधारणा तयार गरेको हो । यस ब्रान्ड अभियानको प्रसारण दुवै डिजिटल तथा परम्परागत प्लेटफर्महरुमा गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?