अमेरिकामा नेपालीले नै गरे गोली हानी नेपालीको हत्या

लोकपथ
1.3k
Shares

काठमाडौं । अमेरिका एक नेपालीले गोली हानी नेपालीकै हत्या गरेका छन् ।

अमेरिकाको न्युजर्सीमा २३ वर्षीय मिलन घिमिरेले ५६ वर्षीया फु छेवाङको हत्या गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

न्युजर्सीस्थित ग्यास स्टेसनमा काम गर्ने मिलनले छेवाङलाई गोली प्रहार गरेपछि अमेरिकी इमर्जेन्सी नम्बर ९११ मा फोन गरेर मैले भर्खरै एक जनालाई गोली प्रहार गरेको छु भनेर आफैले खबर गरेका थिए ।

मिलनलाई ब्रोङ्स प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?