‘वाई वाई ग्लोकल टिन हिरो नेपाल’का लागि सातौँ संस्करणको आवेदन खुला

लोकपथ
35
Shares

काठमाडौं । वाई वाई ग्लोकल टिन हिरो नेपालका लागि सातौँ संस्करणको आवेदन खुला गरिएको छ । यो राष्टिृय सम्मान कार्यक्रम नेपाल भरि रहेका १३ देखि १९ वर्षका किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने उदेश्यले सुुरु गरिएको कार्यक्रम हो ।

हरेक वर्षझैं यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १ मा हुनेछ । यस उपाधिको माध्यमबाट किशोर किशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिने जनाइएको छ । यस्का लागि आयोजक टिमले नेपाल भरिका स्कुुलहरुमा अनलाईन मार्फत विभिन्न अभिमुखिकरण कार्यक्रमहरु सन्चालन गरिरहेको ग्लोकलले जनाएको छ ।

ग्लोकल टिन हिरो २०२१ को श्रृंखलामा किशोर किशोरीहरूले विस्तृत दृष्टिकोण एवम् विभिन्न सामाजिक मुद्दाहरूको बारेमा सकारात्मक प्रभाव सिर्जना गर्न विभिन्न एसडीजीहरूमा काम गरिरहेका किशोर–किशोरीहरूले विभिन्न देशका विशेषज्ञहरूसँग सिक्ने र उनीहरूसँग नेटवर्किंगगर्ने अवसर पाउने छन् भने उनीहरूको कामका क्षेत्रमा थप प्रोत्साहनका साथ अगाडि लैजान मार्गनिर्देशन प्राप्त गर्ने ग्लोकलले बताएको छ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यलगायत विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्शाएका प्रतिभावान किशोर किशोरीहरुले ग्लोकल टिन हिरोको वेबसाइटमार्फत निःशुल्क आवेदन भर्नसक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?