काठमाडौंमा ४ सय १० जनासहित उपत्यकामा थपिए ५ सय ८७ संक्रमित

लोकपथ
679
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा आज मंगलवार ५ सय ८७ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ४ सय १०, भक्तपुरमा ८० र ललितपुरमा ९७ संक्रमित गरि काठमाडौं उपत्यकामा कूल ५ सय ८७ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

११ हजार१२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६ सय ३९ जनामा संक्रमण भएको तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ९ हजार ४ सय १२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ६ लाख २३ हजार १ सय ५ पुगेको छ ।

नेपालमा हाल २६ हजार २ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?