पश्चिम नवलपरासीको एक चप्पल फ्याक्ट्रीमा आगलागी

लोकपथ
63
Shares

नवलपरासी । पश्चिम नवलपरासीको एक चप्पल फ्याक्ट्रीमा आगलागी भएको छ ।

आज साँझ साढे ५ बजेको समयमा जिल्लाको रामग्राम नगरपालिका वडा नं. १० नदवाँ स्थित मिलानो ईन्टरनेशनल स्टेप एक्सन पोलिमर्स प्रा.लि चप्पल उद्योगमा आगलागी भएको हो ।

उद्योगमा वेल्डिङ्ग गर्ने क्रममा वेल्डिङ्गबाट निस्केको आगोका कारण आगलागी भएको हो । आगो करिब डेढ घण्टापछि नियन्त्रणमा आएको हो । हाल आगो नियन्त्रणमा आइसकेको प्रहरी उपरिक्षक मनोज कुमार यादवले जानकारी दिए ।

उद्योगको बाहिरी क्षेत्रमा केमिकल राखिएकोे ठाउँ आगो लागेकोले उद्योगमा ठुलो क्षति हुनबाट जोगिएको बताइएको छ ।

आगो नियन्त्रण गर्न जिल्लाको रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका र रुपन्देहीको सिद्धार्थ नगरपालिकाको गरि ३ वटा दमकल प्रयोग गरिएको थियो भने आगो निभाउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियहरु लागी परेका थिए । आगोले कतिको क्षति भएको भन्ने तथ्याङ्क अझ नआइसकेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?