पुरु लम्सालको ‘झल्को मात्रै आँखामा’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
707
Shares

काठमाडौं । विशेषगरी काँठ क्षेत्रमा प्रचलित तर लोपोन्मुख घाँसे भाकाको गीत ‘झल्को मात्रै आँखामा’ सार्वजनिक भएको छ ।

लेखक एवम् साहित्यकार पुरु लम्सालको शब्द रहेको गीतमा सुशील सिंह ठकुरीको सङ्गीत तथा रमेश पाठकको स्वर रहेको छ ।

गीतमा सङ्गीत संयोजन नारायण दंगालले गरेका हुन् । त्यसैगरी शिला गजुरेल र सुशील फिचर्ड भिडियो पुरु लम्सालले निर्देशन गरेका हुन् ।

यसैगरी राज पोखरेल र नवीन बाबु गुरुङले खिचेका हुन् भने सम्पादन रोशन धितालको रहेको छ । उक्त गीतमा ग्रामीण भेगमा प्रचलित शब्दहरुको बारेमा विशेष चर्चा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?