प्रधानमन्त्री ओलीलाई खोप हस्तान्तरण

लोकपथ
196
Shares

काठमाडौं । अमेरिकाले नेपाल सरकारलाई उपहार स्वरुप प्रदान गरिएको कोभिड – १९ विरुद्धको खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ ।

सोमवार अमेरिकि सरकारले नेपाल सरकारलाई उपहारस्वरुप प्रदान गरिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बिच नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।

No description available.

त्यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर खोप बुझेका थिए ।

कोभिड–१९ विरुद्धको जोन्सन एन्ड जोन्सन खोप बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको जीवन रक्षाका लागि खोप प्रदान गरेकोमा अमेरिकी सरकार र अमेरिकी जनतालाई धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?