काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमाले नेता शंकर पोखरेलले सर्वोच्चको फैसलाबारे असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता मुख्यमन्त्री पोखरेलले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले संसदीय प्रणाली र दलीय व्यवस्थामाथि नै गम्भीर आघात पुगेको बताए ।
संविधानको धारा ७६(५) बमोजिम सरकार गठन गर्दा दलको ह्वीप नलाग्ने भन्ने सर्वोच्चको फैसलाले भोलिका दिन संसदीय व्यवस्था दुस्चक्रममा पर्ने जिकिर गरेका छन् ।
‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात। सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्नेभो।’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया