काठमाडौं । सिरहामा कटुवा पेस्तोलसहित एक जान पक्राउ परेका छन् ।
गोलबजार नगरपालिका-४ बाट १ थान कटुवा पेस्तोल र उक्त पेस्तोलमा लाग्ने ३ राउण्ड गोलीसहित औरही गाउँपालिका-२ बस्ने सुजित कुमार यादवलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोलीसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया