काठमाडौं । मोरङमा सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै धाकधम्की दिएको अभियोगमा एक जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय बासिन्दाहरुलाई धाक धम्की दिएको
अभियोगमा रंगेली नगरपालिका-२ मंगलबारे बस्ने २० वर्षीय मनिष रायलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
धनपालथान गाउँपालिका-३ मायागञ्जमा सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय
बासिन्दारुलाई धाक धम्की दिँदै हिँडि रहेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी मायागञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया