सिरहा। सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षबाट ग्रिल काटेर थुनुवा फरार भएपछि तीन जना प्रहरी निलम्बित भएका छन् ।
सुरक्षामा खटिएका एक जना असई, एक जना हवल्दार र एक जना जवानलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । यी तीन जनालाई निलम्बन गरी घटनाको अनुसन्धान गरिरहेको उनले बताए ।
शनिवार बिहान इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षको थुनामा रहेका सिरहाको नवराजपुर गाउँपालिका वडा नम्वर १ बस्ने पशुपति यादव झ्यालको ग्रिल तोडी फरार भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया