काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
९ हजार २ सय १८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार २ सय ३७ जनामा संक्रमण भएको तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ९ हजार ३ सय ८२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ६ लाख १९ हजार ८ सय ९४ पुगेको छ ।
नेपालमा हाल २६ हजार १ सय ७३ जना सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया