काठमाडौं । सरकारले नेपाल बायुसेवा निगम निजीकरण गर्न लागेको कुरा निराधार रहेको स्पष्ट पारेको छ ।
पछिल्ला केहिदिन यता निगमलाई निजीकरण गर्न लागिएको भन्दै विवाद उत्पन्न भइरहेका बेला संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्यसबारे स्पष्ट पारेको हो ।
आज मन्त्रालयका सहसचिव एवम् प्रवक्ता तारानाथ अधिकारीले एक विज्ञप्ति जारी गर्दै त्यस्तो कुनै योजना नभएको जानकारी गराएका छन् ।
“नेपाल वायुसेवा निगमको रणनीति सुधारका लागि भइरहेका कार्यहरुको सम्बन्धमा विभिन्न महानुभावहरुबाट भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको सन्दर्भमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने वा कम्पनीमा रुपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै योजना एवम् कार्यक्रमहरु नभएको तथा निजीकरणको प्रक्रियाका सम्बन्धमा हालसम्म कुनै छलफल समेत नभएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया