जम्मु कश्मीरको सैन्य विद्यालयको नाम दिवंगत सिपाहीको नामबाट राखियो

लोकपथ
56
Shares

काठमाडौं । जम्मु काश्‍मीरको एक सैन्य विद्यालयको नाम परिवर्तन गरिएको छ ।

जम्मु काश्‍मीरको कुपवाडा जिल्लाको हन्डवारामा एक मुठभेडमा मे २, २०२० मा मृत्यु भएका दिवंगत कर्नल आशुतोष शर्माको सम्झनामा कुपवाडा जिल्लाको आर्मी गुडविल स्कूलको नाम परिवर्तन गरिएको हो ।

उक्त विद्यालयको नाम आशुतोष आर्मी गुडविल स्कूल राखिएको छ ।

जम्मू कश्मीरको लेनर लेफ्टिनेन्ट जनरल डीपी पाण्डे, एभीएसएम, भीएसएम, जनरल अफिसर कमाण्डिंग, चिनर कर्प्सले उक्त अवसरलाई सम्बोधन गरेका थिए ।

स्वर्गीय कर्नल आशुतोषकी पत्नी पल्लवी आशुतोष शर्मा भिडियो स्ट्रिमिङको माध्यमबाट कार्यक्रममा उपस्थित भएकी थिइन । अप्रिल २००४ मा स्थापना भएदेखि, आर्मी गुडविल स्कूल, बुडकोट उत्तर कश्मीरमा एक प्रमुख शिक्षा संस्थाको रूपमा देखा परेको छ ।

यस विद्यालयमा अध्ययन गरेकाहरु अहिले मुलुकको राम्रो ओहोदामा रहेको समेत जनाइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?