रूसी विमान दुर्घटना : २९ जना बेपत्ता

लोकपथ
49
Shares

काठमाडौं । मंगलवार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएको छ ।

रूसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मंगलवार र अपरान्ह रार्डरसँग सम्पर्क विच्छेद भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महानिर्देशनालयले जानकारी गराएका छन ।

विमानबारे थप जानकारी सङ्कलन भइरहेको रूसी प्रशासनले बताएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?