एनआरएनए अष्ट्रेलिया ताजमनियाका उम्मेदवारको घोषणा

लोकपथ
161
Shares

काठमाडौं । एनआरएनए अष्ट्रेलियाको चुनाब नजिकिए सँगै अष्ट्रेलियामा बसोबास गर्ने लोकतन्त्रवादी नेपालीहरुले ताजमनिया राज्यको एनआरएनए राज्य परिषद्को लागि संयोजकसहितको उम्मेदवारी घोषणा गरेका छन् ।

लोकतन्त्रवादीहरुले एनआरएनको ताजमेनिया संयोजकसहितका उम्मेदवारहरुको नाम घोषणा गरिएको स्टेरिङ कमिटीका राज्य संयोजक रमेश श्रेष्ठले जानकारी दिए ।

ताजमनिया स्टेटको संयोजक पदमा राकेश शाक्यले उम्मेदवारी दिएका छन भने उप संयोजकमा जगदीश खड्काले उम्मेदवारी दिएका छन । यसैगरी नारी निकुन्जको ताजमनिया संयोजकमा प्रनिता पन्त राई, नारी निकुन्जको उप संयोजकमा आरजु रिजाल रजाक, नारी निकुन्जको सदस्यमा रूपा गुरूंग , युवा संयोजकमा सुरज अधिकारी, युवा उपसंयोजकमा अनिल ढकाल, सचिव तथा प्रवक्तामा लोकेन बिष्ट, युवा सदस्यमा अच्यूत हुमागाईं, सदस्यमा बद्री अवाल र सन्देश श्रेष्ठ अनि कोषाध्यक्षमा गणेश घिमिरेले उम्मेदवारी दिएका छन ।

संयोजक पदका उम्मेदवार राजेश शाक्यले सामूहिक रूपमा एकजुट भएर चुनावका निम्ति लागि परेको आफ्नो समूहलाई साथ र समर्थन गर्न आग्रह गरे । उनले आफुहरु ताजमनियामा रहेका प्रवासी नेपालीहरूका हकÞ र हितका निम्ति लागिपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?