राष्ट्रिय सभामा अध्यादेश पेश हुन लाग्दा जब बिडारी उठे…

लोकपथ
1.2k
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले सभामा विभिन्न अध्यादेशहरु पेश नगर्न भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आजबाट शुरु भएको राष्ट्रिय सभाको बैठकमा नागरिकता लगायत विभिन्न विधेयक प्रस्तुत गर्न राष्ट्रिय सभा अध्यक्षले समय दिएपछि आक्रोश व्यक्त गरेका हुन् । राष्ट्रिय सभा अध्यक्षले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई बोल्नका लागि समय दिएका थिए ।

तर बीचमै उठेर उनले त्यसलाई सभामा पेश नगर्न आग्रह गरेका थिए । त्यसैक्रममा अध्यक्षले राष्ट्रिय सभा नियमावलीभित्र उक्त कुरा रहेको बताउँदै अध्यादेश पेश गर्न अनुमति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?