पाल्पामा अज्ञात समूहद्वारा वडा कार्यालयसहित ६ स्थानमा तोडफोड

लोकपथ
497
Shares

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका –५ को वडा कार्यालय सहित विभिन्न स्थानमा गएराति अज्ञात समूहले तोडफोड गरेको छ । तोडफोडबाट लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।

गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीका अनुसार मुझुङ्ग टोलमा रहेको वडा नम्वर ५ को कार्यालय , कालिका माविको कार्यालय , महिला सहकारी संस्था, हुलाका कार्यालय , कृषि सहकारी संस्थाको कार्यालय र नेत्रबहादुर कार्कीको पसल तोडफोड भएको हो । क्षतिको एकिन विवरण संकलन भइरहेको गाउँपालिकाले जनाएको छ ।

पाल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?