सुन चोरी गरेको आरोपमा वडाअध्यक्षका छोरा पक्राउ

लोकपथ
196
Shares

कपिलवस्तु । चोरी गरेको आरोपमा विजयनगर गाउँपालिका वडा नं ४ जोलाहीका सतिस कंडेल पक्राउ परेका छन । गत बैशाख १७ गते शिवराज नगरपालिका २ बालापुर (हेल्लोडिहा) का सुन्दर लामिछानेको घरमा चोरी गरी फरार रहेका  २४ वर्षका सतिस कडेल पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय गणेशपुरले लुकिछिपी बस्दै आएका कडेललाई असार ३ गते गाँउबाट पक्राउ गरेको थियो ।

गणेशपुर प्रहरी कार्यालयले कडेललाई पक्राउ गरी वडा प्रहरी कार्यालय चन्द्रौटालाई बुझाएको थियो । पक्राउ परेका कडेललाई जिल्ला अदालतबाट म्याद थप गरी अनुुसान्धानको लागि थुनामा राखीएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

पक्राउ परेका सतिष कडेल विजयनगर गाँउपालिका वडा नं न ४ का अध्यक्ष तिलक कंडेलका छोरा हुन ।

लामिछानेको घरबाट कडेलले तिनवाट दराज तोडफोड गरी नगद रु ५० हजार, सुन १ तोला चोरि गरेको पिडित सुन्दर लामिछानेले बताए ।

पक्राउ परेका कडेंल माथि अनुसन्धान कार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?