उफर बजाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

लोकपथ
98
Shares

काठमाडौं । पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रिब्दिकोट गाउँपालिका-३ हिरापोखरा बस्ने ३४ वर्षीया निरा बिकको करेन्ट लागेर शनिवार बिहान मृत्यु भएको हो।

आफ्नै घरमा गित बजाउनको लागि उफरको तार विद्युतको बोर्डमा जोड्ने क्रममा नाङ्गो तारमा हातले छुन गई करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको मिशन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?