काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयसले मुस्ताङमा जोखिम मोलेर कोरोना खोपको बाकस खोला तारिरहेका स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् ।
मुस्ताङको छापताङ् खोलामा पाइपको माध्यमबाट कोरोना विरुद्धको खोप राख्ने बाकस तारिरहेकोे भिडियो ट्वीटरमा सेयर गर्दै टेड्रोसले स्वास्थ्यकर्मीको उच्च प्रशंसा गरेका हुन् ।
केहिदिन यता परिरहेको अविरल वर्षाका कारण आएको ले मुस्ताङका विभिन्न ठाउँहरुमा बाढी पहिरोको जोखिम बढेको छ ।
वर्षाका कारण साना साना खोलामा समेत पानीको सतह बढिरहेका बेला एक स्वास्थ्यकर्मीलाई खोलापारीबाट भ्याक्सिन राख्ने बाकस दिइरहेको देख्न सकिन्छ । ती स्वास्थ्यकर्मी उर्लिएर आइरहेको खोलको छेवैमा गएर उक्त बाकस लिएका छन् ।
महानिर्देशक टेड्रोसले उक्त भिडियो सेयर गर्दै स्वास्थ्यकर्मीले यो साहसका साथ जीवन रहेका लागि काम गरिहेको बताएका छन् ।
साथै डा. टेड्रोसले कतिपय ठाउँहरुमा तीनै नायकहरुले अझै पनि खोप पाउन नसकेको गुनासो समेत आइरहेको बताउँदै के यो जायज हो ? भन्दै प्रश्न समेत गरेका छन् ।
This is how far #healthworkers go to save lives. Is it fair that in many places these heroes have still not been vaccinated?
It is in our power and our duty to do everything we can to deliver #VaccinEquity! If not now, when?https://t.co/Dm1YVbc9uB
— Tedros Adhanom Ghebreyesus (@DrTedros) June 17, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया