आजदेखि नयाँ शैक्षिक शत्र सुरु

लोकपथ
259
Shares

काठमाडौं । आजदेखि देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक शत्र सुरु भएको छ ।

हरेक वर्ष बैशाख महिनादेखि नयाँ शैक्षिक शत्र सुरु हुनुपर्नेमा अघिल्लो वर्ष देखि कोरोना महामारीका कारण भएको निषेधाज्ञाका कारण शैक्षिक शत्र पर धकेलिएको हो । शैक्षिक शत्र सुरु भएको भएपनि भौतिक रुपमा कक्षा सञ्चालन भने हुन सकेको छैन । कतिपय ठाउँमा अनलाइनमार्फत् नै भर्ना विद्यालयहरुले भर्ना लिइरहेका छन् । कक्षा पनि अनलाइन मार्फत् नै सुरु भएको छ ।

विद्यालयको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विद्यालय तहको पाठ्यपुस्तक छापिसकेको र सम्पूर्ण प्रदेश कार्यालयहरुसम्म पुगिसकेको बताएको छ । पुस्तक विक्रि, वितरण हुन् थालिसकेको र केही दिनभित्र देशभरका विद्यार्थीहरुको हातमा पुस्तक पुगिसक्ने केन्द्रको भनाई छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा साउनको दोस्रो साता आएर कक्षा ११ को पढाइ भने भदौदेखि सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?