काठमाडौं । विपक्षी दलका शीर्ष नेताहरुबीच संविधान, लोकतन्त्र, जनताको हकअधिकार र प्रेस स्वतन्त्रताको रक्षाका निम्ति गठबन्धन दृढ रहनुपर्ने विषयमा छलफल भएको छ ।
आज एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगाएतका नेताहरुको सहभागि थिए ।
नेताहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धनलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ । गठबन्धनलाई कमजोर बनाउने प्रयास हुनसक्ने भन्दै त्यसबारेमा सतर्क हुने विषयमा छलफल भएको छलफलमा सहभागि एक नेताले बताए
गठबन्धनलाई अझ दृढ बनाउँदै लैजाने तथा आपसमा शंका उपशंका उत्पन्न गराउने प्रयास हुनसक्ने भएकाले त्यसमा सतर्क हुनुपर्ने कुरामा नेताहरु केन्द्रीत भएर नेताहरुबीच समिक्षा भएको उनले बताए । साथै, उनीहरुबीच संवैधानिक अंगहरूमा सत्ताको प्रभावका बारेमासमेत सचेत रहँदै खबरदारी गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया