काठमाडौं । सोमालियाको सेनाले जुबाको दक्षिणी क्षेत्रमा गरेको सैन्य कारवाहीमा विद्रोही अल–शबाब समूहका १६ जना लडाकूको मृत्यु भएको छ ।
सैनिक प्रवक्ताका अनुसार आइतवार साँझ गरिएको उक्त कारवाहीमा अरु १५ जना घाइते भएका छन् । सेनाका प्रवक्ता अरब धिग अहमदले किसमायो शहरको बाहिरी इलाकाहरु बरहानी र लिबो कुसमा सेनाले विद्रोही विरुद्ध कारवाही गरेको जानकारी दिए ।
अहमदले विद्रोही लडाकूले सेनासँगको भिडन्तमा निकै शसक्त प्रतिरोध गर्ने गरे पनि उनीहरु सफल नभएको बताए । सेनाको रेडियोमा बोल्दै उनले उक्त क्षेत्रमा सेनाको कारवाही निरन्तर रहनेछ भनेका छन् ।
जुबाको दक्षिणी क्षेत्रमा इस्लामिक कट्टरपन्थी लडाकू समूह अल–शबाबविरुद्ध सोमाली सेनाले निरन्तर सैन्य कारवाही अघि बढाएको छ । यस क्षेत्रका कैयौं गाउँमा अल–शबाबले नियन्त्रण कायम गर्नुका साथै सेनाका अभियानलाई अबरोध गर्न बारुदी सुरुङ बिछ्याउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया