बाइडेनले दिए इजरायलका नवनियुक्त प्रधानमन्त्री बेनेटलाई बधाई

लोकपथ
126
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफतली बेनेटलाई बधाई दिएका छन् ।अमेरिकी राष्ट्रपति बाइडेनले आइतवार फोन गरेर प्रधानमन्त्री बेनेटलाई बधाई ज्ञापन गरेका बताइएको छ ।

इजरायलमा नाफतली बेनेट आइतवार मात्र प्रधानमन्त्री नियुक्त भएका थिए । उनले आइतवार राति नै प्रधानमन्त्री पदको सपथ लिएका बताइएको छ । इजरायलका प्रधानमन्त्री बेनेटले सपथ लिएको दुई घन्टापछि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई फोन गरेर बधाई दिएका बताइएको छ ।

त्यस फोनवार्ताका क्रममा अमेरिकाले आगामी दिनमा पनि विगतमा जस्तै इजरायलसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको इजरायलभन्दा नजिक अर्को कुनै पनि देश नरहेको बताएका समाचारमा जनाइएको छ ।

इजरायलमा लामो समयदेखि प्रधानमन्त्रीका रुपमा सेवा गरेका बेन्जामिन नेतान्याहु बाहिरिएपछि आइतवार मात्र बेनेट इजरायलको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले आइतवार राति इजरायलको प्रधानमन्त्रीका रुपमा सपथ लिएका थिए । त्यसलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई फोन गरेर बधाई दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?