काठमाडौंमा आजदेखि पुनः खोप अभियान शुरु

लोकपथ
126
Shares

काठमाडौं । काठमाडौंमा आजदेखि पुनः कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको छ ।

चीन सरकारबाट ल्याइएको भेरोसेल खोप ६० वर्षदेखि ६४ वर्ष उमेर समुहका नागरिकलाई दिने गरी जेठ २५ गतेदेखि ५ दिनको लागि कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु भएपनि खोपको अभावका कारण भन्दै स्थगित भएको थियो । स्थगित भएको खोप अभियान आजदेखि शुरु गरिने भएको हो । अभियान भोलीसम्म चल्ने जनाइएको छ ।

६०–६१ वर्ष उमेर समूहका जेष्ठ नगरिकलाई खोप लगाइने काठमाडौं महानगरपालिकाले बताएको छ ।

खोपका लागि काठमाडौंस्थित वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोपकेन्द्र तोकिएको छ ।

महानगरपालिकाले सूचना जारी गरी खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नागरिक, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड–१९ बिरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्सिङ र प्यारामेडिक्स विद्यार्थी स्वास्थ्यकर्मीले खोप पाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?