काठमाडौं । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका सांसदहरु बहुमतसहित दाबी पेश भए अनुसार मुख्यमन्त्री नियुिक्तको माग राख्दै धर्नामा बसेका बसेका छन् ।
प्रदेश प्रमुखले दिएको समयसीमा भित्रै विपक्षी दलहरुले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्तीको लागि बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेपनि नियुक्ती नभएपछि विपक्षी गठबन्धन धर्नामा बसेका हुन् ।
बिहीवार प्रदेश सभाबाट पृथ्बी सुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन् ।
प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८(५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरिन् । सोही अनुसार विपक्षी ३१ सांसदहरुले कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्तीको लागि दाबी गर्दै शुक्रवार नै पत्र पेश गरेका थिए । पुनः मुख्यमन्त्रीमा आफनो दाबी सहित पृथ्बीसुब्बा गुरुङले दाबी पेश गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया