कोरोना अपडेट : संक्रमित भन्दा संक्रमणमुक्त हुने २ हजार ९ सय ११ बढी, थप ६१ जनाको मृत्यु

लोकपथ
259
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल १४ हजार ४ सय ९४ जनाको परीक्षण गर्दा २ हजार ३ सय ८२ जनाको पीसीआर र १ हजार २ जनाको एन्टीजेन पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ६ लाख २६ हजार ५ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २ सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको मन्त्रालयले जनाएको छ । सो तथ्यांकलाई हेर्दा पछिल्लो २४ घण्टामा संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या २ हजार ९ सय ११ रहेको छ । त्यसैगरी हाल नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८६ दशमलव ९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप ६१ जनाको ज्यान गएसँगै कुल मृतक संख्या ८ हजार ३ सय ६६ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?