काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीका दाबेदार नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले किर्ते काम भएर आफूलाई रोक्ने काम भएको बताएका छन् ।
मुख्यमन्त्रीको दाबीका लागि बहुमत सदस्यहरुको हस्ताक्षरसहित आफूहरुले दाबी पेश गर्दा पनि किर्ते काम गरेर त्यसलाई रोक्ने काम गरिएको आरोप लगाए ।
आज प्रदेश प्रमुखको कार्यालय अगाडी सञ्चारकर्मीहरुसँग बोल्दै नेता पोखरेलले पृथ्बी सुब्बा गुरुङले किर्ते काम गरेर आफूलाई रोकेको आरोप लगाए ।
‘किर्ते कुरालाई आधार बनाएर पृथ्बी सुब्बा गुरुङले जुन काम गरे त्यो संविधानसम्बत छैन ।’ उनले भने । ‘३१ सदस्य दस्तखतसहित हामी आयौ । सनाखत समेत गर्यौँ । जुन किसिमको किर्ते काइते किसिमको भयो । जसलाई पार्टीलाई कारवाही गरिसकेको छ उनीहरुकै समर्थनमा दाबी गर्न आउनु जतिको लाजमर्दो कुरा के हुन्छ ।’
त्यस्तै प्रदेश प्रमुखलाई आफूहरुले भेटि संविधान भन्दा माथि जान नपाउनेबारे जानकारी गराउने समेत नेपालीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया