काठमाडौं । गण्डकीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय ३ बजेबाट सकिँदैछ ।
संविधानको धारा १६८(५) बमोजिम प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि शुक्रवार २४ घण्टाको समय दिएका थिइन् । त्यसै अनुसार कांग्रेसका प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको रुपमा नियुक्त गर्न माग राख्दै प्रदेश सभाका ३१ सांसदहरुले शुक्रवार नै हस्ताक्षर बुझाएका थिए । तर अहिलेसम्म पनि कुनै पनि प्रतिक्रिया नआएको प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले लोकपथलाई जानकारी दिए । ‘प्रदेश प्रमुखज्यूले दिएको समय सकिँदैछ । सायद उता तयारी हुँदैहोला । ३ नबजी हामीले केहि भन्न मिल्दैन । हामी वेटिङमा नै छौँ । उताको निर्णयको पखाएइमा छौँ ।’ दवाडीले लोकपथसँग भने ।
बिहीवार मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८(५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया