काठमाडौं । बिहीवार सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगराउने दिएको आदेशप्रति जनता समाजवादी पार्टी (जसपा) ले आपत्ति जनाएको छ ।
शुक्रवार जसपाका अध्यक्ष महन्थ ठाकुर नागरिकता सम्बन्धी अध्यादेश रोक्दा समस्या भयावह हुने बताएका छन् ।
अध्यक्ष ठाकुरले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री राजकिशोर यादवको सम्मानमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै तत्कालका लागि सर्वोच्च नागरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत भएको बताए ।
लामो समयदेखि संसदमा रोकिएको नागरिकतासम्बन्धी विषयमा अध्यादेश मार्फत आउन लागेकाले समस्या समाधान हुनेमा आशा पलाएपनि सर्वोच्चको फैसललाई त्यसलाई निराधार बनाइदिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया