बाख्रा चराउन गएकी ३८ वर्षीया महिलामाथि जबरजस्ती करणी

लोकपथ
700
Shares

काठमाडौं । रुपन्देहीमा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने दुईजना पक्राउ परेका छन् ।

३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका-२ उछीटिया बस्ने २६ वर्षीय छेत्र बहादुर थापालाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सैनामैना नगरपालिका-२ स्थित सैनामैना सामुदायिक वनमा बाख्रा चाराउन गएकी ती महिलालाई जंगलमा च्याउ खोज्न गएका छेत्र बहादुरले जबरजस्ती करणी गरेको तथा सैनामैना नगरपालिका-२ सोरौली बस्ने २१ वर्षीय सन्तोष रानाले जबरजस्ती करणीको प्रयास गरेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?