सभामुख सापकोटाले आह्वान गरेको बैठक जारी, गएनन् प्रधानमन्त्री ओली (तस्वीरसहित)

लोकपथ
210
Shares

काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाले आह्वान गरेको बैठक शुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको लोत्से हलमा शुरु भएको बैठकमा पूर्व प्रधानमन्त्रीहरुसहित राजनीतिक दलका प्रमुखहरु समेतको उपस्थिती रहेको छ ।

आजको छलफलमा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल, डा.बाबुराम भट्टराई र झलनाथ खनाल (भर्चुअल), जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाल सहभागी रहेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

तर आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित भएका छन् । सभामुख सापकोटाले वर्तमान राजनीतिकको विषयमा छलफलका लागि बैठक आह्वान गरेका थिए । प्रधानमन्त्री ओलीलाई समेत पत्र पठाएर उपस्थितिको लागि सभामुख सापकोटाले पत्र पठाएका थिए ।

संसद विघटनका विषय सन्दर्भमा सभामुख सापकोटाले यसअघि पनि पूर्व सभामुखहरुसहित कानून व्यवसायीहरुसँग छलफल गरेका थिए । सो क्रममा समेत ओली पक्षका नेता समेत रहेका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले बैठकमा उपस्थित हुन आलटाल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?