जेसिबी बोकेको ट्रकमा करेन्ट लाग्दा २ जनाको मृत्यु, २ जना घाईते

लोकपथ
161
Shares

सोलु । सोलुखुम्बुमा जेसीबी क्रेन बोकेको ट्रकमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन् ।

सोलु दुधकुण्ड नगरपालिका-८ स्थित सेतोमाने भन्ने स्थानमा जेसीबी क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जाँदै गरेको ग १ क ५१७३ नम्बरको ट्रकमा रोडमाथी टागिएको विद्युतको मेन तारमा जेबीसीले छोएको थियो । त्यसैक्रममा करेन्ट लागि २ जनाको घटनास्थलमानै मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा ट्रक चालक बाग्लुङ बडीगंगा गाऊपालिका ५ का २६ वर्षीय भुमिराज मरासैनी र सोही ट्रकमा सवार जेसीबी चालक स्याङजा का २३ बर्षीय राम परीयार रहेका छन् ।

घाईतेहरुमा ट्रकका सहचालक बाग्लुङ मालिटा गाऊँपालिका ८ का १९ वर्षीय बसन्त पौडेल र राम परियारको श्रीमती २० बर्षीया लिला परियार रहेका छन् ।

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा र प्रहरी चौकी पतालेबाट प्रहरी टोली खटि गई घाईतेहरुलाई उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाईएको छ ।

साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?