काठमाडौं । गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । शुक्रवार (आज) बिहान ११ बजेका लागि बोलाइएको थियो ।
बैठक शुरु भएसँगै सभामुख नेत्रनाथ अधिकारीले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पार्टीले कारवाही गरेको पत्र पढ्दै सुनाएका थिए ।
त्यस्तै सभामुख अधिकारीले अन्य विषयमा कार्यसूची प्रवेश गराउन लाग्दा एमालेका सांसदहरुले नै सरकारका तर्फबाट प्रतिनिधित्व नरहेको भन्दै नियमावली अनुसार बैठक सञ्चालन नगर्न ध्यानाकर्षण गराएका थिए ।
बिहीवार बसेको बैठकमा मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् । उनको पक्षमा जम्मा २७ र विपक्षमा ३० मत परेसँगै मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया