आफ्नै साथीको ५ वर्षीया छोरीको कारभित्र बलात्कार, पुरुष पक्राउ

लोकपथ
385
Shares

काठमाडौं । भारतमा ५ वर्षीया बालिका बलात्कृत भएकी छिन् । घुम्न लैजाने बाहानामा ३० वर्षीय पुरुषले आफ्नै साथीको ५ वर्षीया छोरीलाई कार भित्रै बलात्कार गरेका छन् ।

यो घटना भारतको हरियाणाको हो । हरियाणको फरीदाबादमा साथीको घर गएका एक पुरुषले साथीको ५ वर्षीया छोरीलाई घुमाउन लग्छु भनेर कारमा लगेर गए ।

करिब २ घण्टापछि उनीहरु घर फिर्ता आए । ती पुरुषले कारमा भएको घटनाबारे कसैलाई नभन्न बालिकालाई दवाब दिएका थिए ।

घर पुग्नासाथ कारमा भएको सबै घटना बच्चीले सुनाएपछि उनीहरुले प्रहरीलाई खबर गरे । प्रहरीले ती बालिका र उनको परिवारको उजुरी पछि ती पुरुषलाई पक्राउ गर्यो ।

घटना बारे थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?