वामदेव गौतमको प्रस्ताव : ०७५ जेठ २ मा कायम रहेको एमाले स्थायी कमिटी बैठक बोलाऔँ

लोकपथ
84
Shares

काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले एमालेभित्रको विवाद समाधान गर्नको निम्ति पार्टीको २०७५ जेठ २ मा कायम रहेको स्थायी कमिटीको बैठक बोलाएर पार्टीका समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

उनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जेठ २ मा कायम रहेको स्थायी कमिटीको बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विवाद समाधान गर्नुपर्ने बताएका हुन् । उनले जेठ २ अघिको पार्टी कमिटीको बैठक बोलाउन पनि अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गरेका छन् ।

हेर्नुहोस् गौतमले जारी गरेको प्रेस विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?